Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ र थारु संयुक्त संघर्ष समितिले संयुक्त रुपमा आव्हान गरेको आन्दोलनमा गोली लागी घाइते धनबहादुर थनैत थारुको मृत्यु भएको छ । उपचारको क्रममा मंगलबार राति काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उनको निधन भएको हो ।
मन्त्रिपरिषद् बैठकले उपचारका लागि भारतको नयाँ दिल्ली पठाउन निर्णय गरे पनि दिल्ली पठाउनु अघि नै उनको निधन भएको हो । नवलपरासीको डण्डा बजारमा बैशाख २७ गते भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले अन्धाधुन्द गोली वर्षाउँदा उनी घाइते भएका थिए । सो क्रममा प्रहरीको संरक्षणमा डण्डा बजारमा रहेको थारु सांस्कृतिक संग्रहालय पनि जलाइएको  थियो ।
गोलीकाण्ड तथा दमनमा परि दर्जनौं साथीहरु घाइते भएका थिए । थनैतका श्रीमती, एक छोरा र छोरी छन् ।
नेपाल आदिवासी जनजाति महासंघ र थारु संयुक्त संघर्ष समितिले बुधबार बिहान विज्ञप्ती जारी गर्दै धनबहादुर थारु थनैतको हत्याको घोर भर्त्सना गरेका छन् ।
तपाईको प्रतिक्रिया