Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं- अध्यक्ष विजयकुमार गच्छदारले कारबाही गरेपछि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का बरिष्ठ नेता शरतसिंह भण्डारीले नयाँ पार्टी गठन गर्ने भएका छन् । पार्टीको नाम भने जुराइएको छैन ।
भण्डारीसँगै केन्द्रीय सदस्य प्रमोद गुप्ता, निलम बर्मा, सर्वदेव ओझा, गोपाल कुर्मीलगायतले नयाँ पार्टी गठन गर्ने भएका हुन् । भण्डारी पक्षधर बर्माले नयाँ पार्टी गठन गर्ने तयारी भइसकेको जानकारी दिइन्। ‘गलत तत्त्वहरुसँग सँगै काम गर्नुभन्दा नयाँ पार्टी नै गठन गर्नु वेश भएकाले त्यहीअनुसार तयारी अघि बढिरहेको छ,’ उनले भनिन्।
अध्यक्ष गच्छादारले पार्टीलाई ‘पेवा’ बनाएकाले पार्टी विभाजनको संघारमा पुगेको बताइन्। ‘अध्यक्षले पार्टीको लालपुर्जा आफैसँग छजस्तो गर्नुभयो,’ उनले भनिन्, ‘सत्ता पाएपछि नीति र सिद्धान्त भुल्न थालेपछि समस्या आएको हो।’
उनले अध्यक्ष गच्छादारकै कारण संविधान जारी हुन नसकेको बताउँदै वर्तमान सरकारले नयाँ चुनावको घोषणा गर्नु असंवैधानिक भएको तर्क गरिन्।
तपाईको प्रतिक्रिया