Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  बार्सिलोनाले चार खेल अगावै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । सोमबार बिहान भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ ले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेस्सीले ह्याट्रिक गरेका थिए । थप एक गोल फिलिप कोटिन्होले गरे । खेलको सातौं मिनेटमा फिलिप कौटिन्होको गोलबाट अग्रता लिएको बार्सिलोनाले ३७ औं मिनेटमा मेस्सीको गोलमार्फत अग्रता फराकिलो पारेको थियो ।

तर ४० औं मिनेटमा लुकास पेरेजले गोल गरेपछि डिपोर्टिभोले मध्यान्तरअघि अग्रता २–१ मा छोट्याएको थियो । मध्यान्तरपछि निकै प्रतिश्पर्धात्मक देखिएको खेलमा ६४ औं मिनेटमा इम्रे कोलाकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

८२ औं मिनेटमा मेस्सीले दोस्रो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८५ औं मिनेटमा अर्को गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरे भने टिमलाई उपाधिसमेत सुनिश्चित गरे ।

३४ खेलबाट ८६ अंकसहित बार्सिलोना शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको एथ्लेटिको मड्रिड ७५ अंकका साथ दोस्रो स्थानमा छ ।

बार्सिलोना २५ औँ पटक ला लिगा च्याम्पियन भएको हो ।

तपाईको प्रतिक्रिया