Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – लामो समयदेखिको विवादलाई आपसी समझदारीमा किनारा लगाउँदै एसियाडका लागि ८ जना कराते खेलाडी छनोट भएका छन ।

दुई महासंघले छुट्टाछुट्टै खेलाडी छनोट गरेकोमा अन्तिममा राष्ट्रिय खेलकुद परिषद्ले दुवै महासंघलाई एकै थलोमा राख्दै समझदारी गराएको थियो । जसमा जकार्तामा हुने एसियाडका लागि चार पुरुष र चार महिला खेलाडी छनोट गरेको हो ।

पुरुषको एकल कातामा त्रिभुवन आर्मीका पर्शुराम बास्तोला र महिलातर्फ नेपाल पुलिसकी चञ्चला दनुवार छनोट भएका छन्  ।  यस्तै महिलातर्फ ५० केजी तौल समूहमा एपीएफकी अनु अधिकारीले त्रिभुवन आर्मीकी कुशुम खड्कालाई हराएर एसियाडको ढोका खोलिन ।

महिलातर्फकै ५५ देखि ६१ केजीको तौल समूहमा नेपाल पुलिसकी सुनिता महर्जनले एसियाडमा स्थान बनाइन । इन्डोनेसियामा भदौ २ गतेबाट हुने प्रतियोगितामा नेपालबाट २७ खेलका खेलाडीको सहभागिता रहनेछ । बाँकीको छनोट भइरहेको छ ।

तपाईको प्रतिक्रिया