Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

इलाम – इलाममा जारी चौथो माईभ्याल्ली गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज विभागीय नेपाल एपीएफ र रुस्लान थ्रीस्टार क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।

क्वाटर फाइनलमा एपीएफले रमपम झापा ११ लाई हराउँदै सेमिफाइनलयात्रा तय गरेको हो भने थ्रीस्टारले पुलिसको चुनौती पन्छाउँदै अन्तिम चारको यात्रा तय गरेको थियो ।

इलाम सदरमुकामस्थित ठुलो टुँडिखेलको मैदानमा दिउँसो ३ बजेपछि हुने खेलको विजेताले उपाधिका लागिद मनाङ र्मस्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा मनाङले विभागीय टोली त्रिभुवन आर्मीलाई १–० ले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेको थियो ।  गोल्डकपको उपाधि विजेताले ६ लाख ६६ हजार रुपैयाँ हात पार्नेछ

तपाईको प्रतिक्रिया