Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौँ- दुवै मिर्गौलामा समस्या उत्पन्न भई गत हप्तादेखि काठमाडौँ मेडिकल कलेज जोरपाटीमा उपचार गराइरहेका एकीकृत नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य एवम् जनमुक्ति सेनाका पूर्व कमाण्डर नन्दकिशोर पुन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्।
स्वास्थ्यमा क्रमिक सुधार आएकाले थप उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको उनका छोरा दीपेश पुनले जानकारी दिए।
सरकार र पार्टीले उनलाई भारतमा जान आग्रह गरे पनि नेपालमै आफ्नो उपचार गर्ने अडान राखेका नेता पुनको शल्यक्रिया नै गर्नुपर्ने भए पनि सोही अस्पतालमा गरिने दीपेशले जानकारी दिए।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालमा उपचार हुन नसक्ने अवस्था भए नेता पुनलाई भारत लैजाने व्यवस्था गर्न र त्यसको तयारी गर्न चिकित्सकलाई अनुरोध गरेका थिए।
तपाईको प्रतिक्रिया