Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं- नेपाली कांग्रेसका सभासद्हरुबीच राष्ट्रपति डा. रामवरण यादवलाई भेट्ने विषयमा झगडा भएको छ ।
विघटित संविधानसभा ब्युँताउनुपर्ने आग्रह लिएर राष्ट्रपतिको कार्यालय शीतलनिवास जाने विषयमा विवाद भएको हो । ६१ जना सभासद्ले विघटित संविधानसभा ब्युँताउन हस्ताक्षर गरे पनि कमला पन्त, धनराज गुरुङ, जीवनप्रेम श्रेष्ठ, मोहन पाण्डेलगायत आठ- नौजना पूर्व सभासद्हरुमात्र शीतल निवास गए ।  बिवाद भएपछि शोभाकर पराजुलीसहितका सभासद् राष्ट्रपतिलाई भेट गर्न गएनन् ।
कांग्रेसका निवर्तमान चार दर्जनभन्दा बढी सभासद्ले संविधानसभा ब्युँताउनुपर्ने भन्दै हस्ताक्षर गरेलगत्तै उनीहरुले राष्ट्रपति यादवसँग भेट गरेका हुन् । ***
तपाईको प्रतिक्रिया