Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र आर्सनलले सहज जित हात पारेका छन् ।

लिग च्याम्पियन सिटीले गएराति स्वान्सी सिटीलाई ५–० ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन डेभिड सिल्भा, राहिम स्टर्लिङ, केभिन डे ब्रायन, बर्नार्डो सिल्भा र ग्याब्रिएल जिससले एक–एक गोल गरे ।

अघिल्लो हप्ता लिग च्याम्पियन भएपछि म्यान्चेस्टर सिटीको यो पहिलो खेल थियो ।

प्रिमियर लिगअन्तर्गत गएराति नै भएको अर्को खेलमा आर्सनलले वेष्ट ह्याम युनाईटेडलाई ४–१ ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन अलेक्जेन्डर लाकाजेट्ले दुई गोल गर्दा आरोन राम्से र नाचो मोन्रीयालले एक–एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा स्टोक सिटीले बर्नलेसँग १–१ गोलको बराबरी खेलेको छ ।

तपाईको प्रतिक्रिया