Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले कहिल्यै पनि निरंकुश हुने सपना नदेखेको बताएका छन् ।
‘ म त कहिले पनि जंगबहादुर हुने सपना देखेको पनि छैन। मेरो स्वभावले पनि दिँदैन। म त के चाहन्छु भने यो देशको विकास होस र त्यसमा मैले पनि योगदान गर्न पाउँ। जंगबहादुर बनेर विकासको शिखरमा पुर्‍याउन सकिँदैन। लोकतन्त्र बाहिरको स्थायित्व दिगो हुन सक्दैन’ उनले सरकारी निवास बालुवाटारमा  भने । दलहरुसंग सहमति नगरी पेलेर जान सक्ने अवस्था नरहेको उनले बताए ।
प्रधानमन्त्रीले तत्काल राजीनामा नदिनेसमेत बताएका छन् । ‘यो संसदबाट निर्वाचित सरकार हो,’ उनले सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीसंग भने, ‘अर्को संसदबाट प्रतिनिधि नआएसम्म रहिरहन्छ ।’ ***
तपाईको प्रतिक्रिया