Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा गएराती रोयल च्यालेन्जर्स बैंङ्लोर र किङ्स ईलेभेन पञ्जाव विजयी भएका छन् ।

बैंङ्लोरमा भएको खेलमा घरेलु टोलीले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हरायो । खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनायो ।

दिल्लीका रिसभ पन्तले ८५ रन तथा श्रेयस ऐयरले ५२ रन जोडे । जवाफमा १ सय ७५ रनको विजयी लक्ष्य बैंङ्लोरले खेलमा २ ओभर बाँकी छँदा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

बैंङ्लोरको जितमा एबी डे भिलायर्सको अविजित ९० रन महत्वपूर्ण रह्यो ।

हिजै भएको अर्को खेलमा किङ्स ईलेभेन पञ्जावले कोलकाता नाइट राईडर्सलाई ९ विकेटले हरायो । खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो ।

कोलकाताका लागि क्रिश लिनले ७४ रन तथा दिनेश कार्तीकले ४३ रन जोडे । जवाफमा १ सय ९२ रनको लक्ष्य पछ्याएको पञ्जाबले सुरुवाती ६ ओभरमा विना कुनै विकेटको नोक्सानीका ७३ रन बनाउँदा वर्षाले खेल ९० मिनेट रोकियो ।

त्यसपछि डकवर्थ लुईस विधि अनुसार पञ्जावलाई १३ ओभरमा १ सय २५ रनको नयाँ चुनौती दिइयो ।

सुरुवाती ब्याट्सम्यानहरु लोकेस राहुल र क्रिश गेलले आक्रामक ब्याटिङ गरेपछि पञ्जावले ११ ओभर १ बलमा १ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्‍यो । लोकेस राहुलले ६० रन जोड्दा क्रिश गेलले अविजित ६२ रनको योगदान दिए ।

आईपिएल क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । आजको पहिलो खेलमा सनराइजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स भिड्दा दोस्रो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स आमने सामने हुनेछन् ।

तपाईको प्रतिक्रिया