Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौ- राष्ट्रिय एकता पार्टीले संविधानसभा विघटन भएपश्चात अहिलेको सम्पूर्ण संरचना निश्त्रिmय भएकोले नेपाल र नेपालीको मुक्तिको लागि राजालाई राष्ट्रिय अविभावक मानेर गोलमेच सम्मेलनमा जानुपर्ने माग गर्दै दवावकालागी आन्दोलन घोषणा गरेको छ ।
सो पार्टीले पम्प्लेटिङ, सहयोग संकलन, प्रचार प्रसार, मेची महाकाली राष्ट्रिय एकता सद्भाव भ्रमण, चौध अञ्चलका सदरमुकामहरुमा सार्वजनिक भेला, ७५ जिल्लामा समिति गठन, खुलामञ्चमा वृहत सभा, राजा र जनताबीचको सहकार्य जस्ता १५ सुत्रीय कार्यक्रम सार्वजनिक लगायतका पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
सो पार्टीले सोमबार रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शरदचन्द्र दाहालले विदेशीको इसारामा स्थापित कथित संविधानसभाको अस्तित्व समाप्त भई मुलुकमा पुरानो संरचना फर्केको दावी गर्दै नेपालमा राजसंस्था फर्किसकेको तर मुलुक विखण्डन गरी केन्द्रीय र प्रान्तीय राजा बन्न आतुर ठूला दलका नेताहरुले स्थान नदिएको ठोकुवा गरे ।
उनले भने- २०६२-६३ को आन्दोलनको माग राजसंस्था हटाउने र धर्मनिरपेक्ष राष्ट्र बनाउने नभएको तर विदेशीको इसारामा  राष्ट्रको ९ अर्ब रुपैया ब्रम्हलुट गर्ने   नेपाल नै सिध्याउने वेईमान, राष्ट्रघाती, जनद्रोही ठूला दलका नेता र ६०१ पूर्व सभासदहरुलाई जनताले गाउँ प्रवेशमा रोक लगाउने दावी गरे ।
पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष युवराज जङ शाहले २०६९ जेठ १४ गते राती नै राष्ट्रघाती संविधासभाले गरेको सबै निर्णयहरु स्वत समाप्त भैसकेको ले राष्ट्र, राष्ट्रियता, नेपाली जनता र सनातन धर्म रक्षाको निमित्त राजसंस्था पुर्नस्थापना नै विकल्प भएको ठोकुवा गरे ।
उपाध्यक्ष नव पन्तले मुलुकमा राजसंस्थाको स्थापना गराएर विदेशीका दलालहरुले डलर खाएर राष्ट्रपति, प्रधान मन्त्री र प्रान्तीय राजा बन्ने होडमा मुलुकलाई टुक्रा-टुक्रा पारी बेच्न खोज्ने दलालहरुलाई विदेशतिरै लखेट्ने चेतावनी दिए ।
महासचिव गणेश सिंखडाले पूर्ण केन्दि्रकृत एकात्मक राज्य व्यवस्था, संवैधानिक राजतन्त्रसहित बहुदलीय प्रजातान्त्रिक पद्दती मात्र नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्वाभिमानता एकता र उन्नती हुने बताए ।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य तथा युवा संगठनका संयोजक अग्निकुमार ज्वाला घिमिरे, सह-उपाध्यक्ष शान्तकुमार चित्रकार र कोषाध्यक्ष ललितबहादुर सुनारले पनि विग्रदै गएको मुलुकको अस्थिरतालाई स्थिरतामा ल्याउन राजसंस्था नै उपयुक्त विकल्प भएको दावी गरे ।
तपाईको प्रतिक्रिया