Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – इण्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराती भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । पुणेमा भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ६४ रनको फराकिलो अन्तरले हरायो ।

जितका लागि २ सय ५ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १८ दशमलव ३ ओभरमा सबै १० विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो । राजस्थानका बेन स्टोकले ४५ तथा जोस बट्लरले २२ रन बनाए पनि अन्य ब्याट्सम्यानले गतिलो योगदान गर्न सकेनन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । चेन्नईका लागि सेन वाट्सनले १ सय ६ तथा सुरेश रैनाले ४६ रन बनाए । ५७ बल खेलेका बट्लरले ९ चौका र

६ छक्का हानेका थिए । यो जितसँगै चेन्नई ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लेको छ । समान ६ अंक नै भए पनि कोलकता नाइट राइडर्स, सन राईजर्स हैदरावाद र किंग्स इलावेन पञ्चाव रन रेटका आधारमा चेन्नईभन्दा मुनी छन् ।

राजस्थान भने पाँचौ स्थानमा छ । ५ खेलबाट उसले ४ अंक मात्र बटुलेको छ ।

तपाईको प्रतिक्रिया