Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

इलाम – इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याल्ली गोल्डकप फुटबल प्रतियोगितामा आज सशस्त्र प्रहरी बलको एपीएफ र पाहुना टोली बंगलादेशको कावरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

२ टोलीबीचको प्रतिस्पर्धा इलाम सदरमुकामस्थित ठुलो टुँडिखेलको खेल मैदानमा दिउँसो ३ बजे पछि सुरु हुनेछ । आजको बिजेताले क्वाटरफाइनलमा ११ गते झापा ११ को सामना गर्नेछ ।

यसअघि हिजो भएको उद्घाटन खेलमा कास्की ११ लाई ३–२ गोल अन्तरले हराउँदै आयोजक माईभ्याली फुटबल क्लब प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको थियो । १२ टोली सहभागि प्रतियोगिताको उपाधि बिजेताले ६ लाख ६६ हजार रुपैयाँ हात पार्नेछ ।

तपाईको प्रतिक्रिया