Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो । युनाईटेडको जितमा क्रिस स्मलिङ र रामेलु लुकाकुले एक–एक गोल गरे ।

खेलको २८ औं मिनेटमा स्मलिङको गोल मार्फत अग्रता बनाएको युनाईटेडका लागि लुकाकुले ७० औं मिनेटमा दोस्रो गोल गरे । जितपछि युनाइटेडले अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पक्का गरेको छ ।

उसको लिगमा ३४ खेलबाट ७४ अंक रहेको छ । लिगको उपाधि भने म्यानचेस्टर सिटीले जितिसकेको छ ।

तपाईको प्रतिक्रिया