Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – कोलकाता नाइटराइडर्स आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति जयपुरमा भएको खेलमा घरेलु टिम राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य कोलकाताले ७ बल बाँकी छँदा ३ विकेटको क्षतिमा पार गर्‍यो ।

कोलकाताका लागि कप्तान दिनेश कार्तिकले २३ बलमा नटआउट ४२ र नितिश रानाले २७ बलमा नटआउट ३५ रन जोडे । सुनिल नारिनले २५ बलमा ३५ रन जोड्दा रोबिन उथप्पाले ३६ बलमा ६ चौका र २ छक्काको मद्दतले ४८ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन जोडेको थियो । राजस्थानका लागि डिआर्की सर्टले ४४ र कप्तान अजिन्का राहाणेले ३६ रन जोडे ।

जोस बटलरले १८ बलमा नटआउट २४ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन् । बलिङतर्फ कोलकाताका नितिश राना र टम कुरानले २-२ विकेट लिए । पियुस चावला, कुलदिप यादव र शिवम माविले समान १-१ विकेट हात पारे ।

प्रतियोगिताको अहिलेसम्मका खेलमा कोलकाताले ५ खेलबाट ६ अंक बटुलेको छ । दोस्रो स्थानको हैदरावादको ३ खेलबाट ६ अंक नै छ । पञ्जाव, चेन्नई र राजस्थानले समान ४/४ अंक जोडेका छन् ।

तपाईको प्रतिक्रिया