काठमाडौं – इन्टरनेटमा बालयौन दुर्व्यवहारका तस्वीरहरु हालसम्मकै उच्च भएको पाइएको छ ।
द इन्टरनेट वाच फाउण्डेशनले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सन् २०१७ मा इन्टरनेटमा बाल यौनदुव्यर्वहार सम्बन्धी तस्बिरहरु बढेका हुन् । यो समयावधीमा बालयौन दुव्र्यवहार सम्बन्धी सामाग्री रहेका वेबसाईटको संख्या ७८ हजार रहेको छ ।
यो अघिल्लो बर्षको भन्दा ५७ हजारले बढी हो । यस्ता वेभसाईटहरुले ती तस्बीरहरु राखेबाफत अवैध रुपमा रकम असुली रहेको समेत सो फाउन्डेशनको आरोप छ ।
फाउन्डेशनले दुव्र्यवहार गर्ने वेवसाइट तथा सञ्चालकहरुलाई कारबाहीको माग समेत गरेको बीबीसीले उल्लेख गरेको छ ।