Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  स्पेनिस फुटबल क्लव बार्सिलोनाले घरेलु लिग फुटबलमा नयाँ कीर्तिमान कायम गरेको छ ।

गएराति भएको खेलमा भ्यालेन्सियालाई २–१ ले हराउँदै बार्सिलोनाले घरेलु लिगमा सार्वाधिक ३९ खेलसम्म अपराजित हुने कीर्तिमान रचेको हो । यसअघि यो कीर्तिमान रियाल सोसिडाडाको नाममा ३८ खेलको थियो ।

गएरातिको खेलमा बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेज र सामुएल उम्टिटीले एक÷एक गोल गरे । भ्यालेन्सियाका डानी पारेयोले एक गोल फर्काउदै हार अन्तर कम गरे ।

जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि दौड बलियो पारेको छ । लिगमा ३२ खेलबाट बार्सिलोनाको ८२ अंक भएको छ भने एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ६८ अंकसहित दोस्रो स्थानमा छ ।

६५ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा रहँदा चौथो स्थानको रियाल मड्रिडको ६४ अंक छ । रियाल मड्रिडले आज राति मालागासँग उसैको मैदानमा खेल्दैछ ।

तपाईको प्रतिक्रिया