Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

टोकियो–विश्व कै तेस्रो शक्तिशाली अर्थतन्त्र भएको मुलुक जापानले कामदारहरुको अभावलाई परिपूर्ति गर्नका लागि विदेशी प्राविधिक प्रशिक्षार्थी कामदारहरु र त्यसबाट प्रशिक्षित कामदारहरुलार्ई पाँच वर्ष थप काम गर्ने सुविधा दिन लागेको छ ।
पाँच वर्षको प्राविधिक प्रशिक्षार्थीको अवधि पुरा गरेका विदेशी कामदारहरुलाई थप पाँच वर्ष काम गर्नका लागि अनुमति दिइनुका साथै आकर्षक सेवा सुविधा प्रदान गरि जापानमा रहेको कामदारको अभावलाई न्यूनिकरण गर्न लागिएको बताइएको छ ।
सरकारले यसै आर्थिक वर्षको आगामी जुनसम्ममा आफ्नो आप्रवासन नियन्त्रण कानुन र आर्थिक तथा वित्तिय नीतिमा आवश्यक परिमार्जनका लागि मस्यौदा तयार पारी संसदमा पेश गर्न लागिएको सरकारी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रशिक्षार्थीको रुपमा अवधि पुरा गरेकाहरुलाई विषेशत औधोगिक क्षेत्रमा थप पाँच वर्ष काम गर्ने अवसर प्रदान गर्ने योजना बनाइएको बताइएको छ । नर्सिङ, कृषि र निर्माणका क्षेत्रमा कामदार अभाव भएको महसुश गरि यो नीति तर्जुमा गर्न लागिएको स्रोतको दाबी छ ।
विदेशी नागरिकहरुलाई जापानमा काम गर्नका सहज वातावरण प्रदानका लागि दायरा फराकिलो बनाउन सरकारी अधिकारीहरुले प्रधानमन्त्री सिन्जो आवे समक्ष हालको विदेशी कामदारलाई काम गर्ने अनुमतिको समिक्षा गर्दै गत फेब्रुअरमिा प्रतिवेदन पेश गरि सकेका र त्यस प्रतिवेदनप्रति आवे सकारात्मक रहेको सरकारी स्रोतलाई उदृत गर्दै जापानी संचार माध्यम जापान टुडेको समाचारमा उल्लेख गरिएको छ ।
जापानमा अहिले विदेशी नागरिकहरुलाई सिप हस्तान्तरण गर्ने उदेश्यले पाँच वर्षसम्म जापानमा रहेर प्राविधिक प्रशिक्षार्थी कामदारको रुपमा काम गर्ने अवसर प्रदान गरिदै आइएको छ ।
प्रशिक्षार्थी कामदारहरुका आफ्नो परिवारलाई जापानमा आउने अनुमति नदिइने र राष्ट्रियताको संवेदनशिलताका बारेमा अध्यागमनसँग बसेर छलफल गरि आवश्यक विषयहरु विधेयकमा समावेश गरिने अधिकारीहरुले बताएका छन् ।
सेवाको क्षेत्रमा गत वर्ष १ सय ५० जना कामदारको आवश्यकता हुदाँ १ सय जनामात्र आपूर्ति भएको तथ्य सार्वजनिक भएको थियो । यस क्षेत्रमा जापानमा चार दशकदेखि कामदारको आभाव व्यहोर्दै आएको छ ।
हाल जापानमा विदेशी कामदारहरुको संख्या बढेको देखिएको छ । गत अक्टोवरसम्ममा विदेशी कामदारहरु १२ लाख ८० हजार पुगेको र त्यसमध्ये प्रशिक्षार्थी कामदार २ लाख ५० हजार रहेको सरकारी तथ्यांकले देखाएको छ ।

तपाईको प्रतिक्रिया