सरकारले यातायात क्षेत्रमा भएको सवारी सेण्डिकेट जबर्जस्ती ताेेड्न सफल भएको छ राजधानी काठमाडौ देखि अरिनिकाे राजमार्गमा संचालन हुने यातायात व्यावसायीले बर्षाैदेखि चलाउदै अाएकाे यातायातकाे सेण्डिकेट खारेज गरिदिएपछि अहिले साे क्षेत्रमा नयाँ मयुर यातायात साझा यातायात लगायत व्यावसायीले सेवा दिन शुरू गरेपछि अाम जनताले सहज सेवा पाएका छन् ।अरिनिकाे राजमार्गमा यातायात व्यावसायीले चक्काजाम हडताल गरेर यातायात बन्द गरेपनि सरकारले कुनै संझाैता नगरिकन नयाँ व्यावसायीलाई यातायात कार्यालयले सिधै नयाँ इजाजत दिएर यातायात संचालनकाे अनुमति र पुरानो व्यावसायीलाई अाफ्नाे व्यावसायी संचालन नगरे रूट परमिट खारेज गरिदिने चेतावनी दिएपछि अहिले सहजै यातायात सेवाले निरन्तरता पाएकाे छ ।
अहिले काठमाडौ उपत्यका भित्र सबैभन्दा बढी सकस राजधानी बाट थानकोट कै यात्रा छ भन्दा धेरैलाई बिश्वास नलाग्न सक्छ । तर अहिले राजधानी भित्रिने र बाहिरिने मुख्य नाकाकाे रूपमा परिचित थानकोटसम्म जान अाम यात्रुले ठूलो सास्ती ब्यहाेर्नु पर्दैछ । थानकोट काठमाडौ चल्ने थुप्रै बस तथा साना माइक्रोबस चलेको पनि देखिन्छ । तर पनि यात्रुले सहजै बस चढ्न पाउदैनन् । जसरी किर्तेिपुर लगायतका ठाउँ जति सहजै बस यात्रुले पाउछन् । त्यो अनुपातमा थानकोटकाे लागि काठमाडौ पुरानो बसपार्कमा जादा समेत बस पाउन मुश्किल छ ।कलंकी बाट यात्रुले बस चढ्न ठुलो युद्ध जित्नु पर्छ । अलिकति बल नहुने मान्छेले २/४ घण्टा कलंकीमा बस कुर्नु पर्छ ।अबस्था यस्तो छ जनताले भाडा तिर्दा समेत सहजै यात्रा गर्न पाउदैनन् ।देशमा नेपाली जनताको सरकार चलेको छ, भन्ने सुनिन्छ सडक सरकारले लगानी गरेर बनाउछ तर सडकमा सरकारकाे हैन यातायात व्यावसायीकाे दादागिरी चल्छ गुण्डागर्दी चल्छ। सरकार तमासे बन्छ यात्रु पुरानो बसमा सिन्की काेचिएर यात्रा गर्नुपर्छ सायदै यसैलाई हामीले गणतन्त्र नयाँ नेपाल भनेर गर्व गर्ने हाेला ।
अहिले कलंकीकाे सुरूङ मार्गकाे कारणले यातायात असहज भएको हैन यातायात ब्यबसायीकाे सेण्डिकेट कै कारणले सहज सेवा नपुगेको हाे भन्ने कुरा स्पष्ट भइसकेको छ। दिनहुँ रूपमा थानकोटदेखि राजधानी काठमाडौसम्म जागिर खान जाने कर्मचारीहरू स्कूल कलेज पढ्ने बिद्यार्थीदेखि सर्बसाधारण दैनिकी जीवन सकस पुर्ण छ । न त भनेर कसैले सुनिदिन्छ न त समस्याकाे समाधान नै हुन्छ ।
जनप्रतिनीधि पनि उही यातायात व्यावसायी कै कठपुतली बनेको छन् भन्दा फरक पर्दैन ।थानकोट काठमाडौ यात्रा बारे जनप्रतिनिधिलाई केही जानकारी नभएको हाे त हाम्रो देशको सरकारलाई थानकोटका यातायात व्यावसायीकाे दादागिरी बारे जानकारी नभएको अबश्य पनि हैन हाेला । अहिले सरकारले जुन सााहसिक निर्णय गरेको छ त्यसलाई अब कडाइका साथ पालना गराउन जरुरी छ । यतिबेला सरकारकाे ध्यान र नयाँ सेवा दिने भनेर तयार भएको यातायात व्यावसायीले अब तत्काल थानकोट रूटमा नयाँ सुबिधाजन्य यातायात सेवा संचालन गर्न जरुरी देखिन्छ ।
सरकारले जनतालाई निशुल्क यातायात सेवा दिनुपर्ने भनेर जनताले माग गरिरहेका छैनन् । जनताले पैसा तिर्छु भन्दा समेत बस माइक्रो चढ्न पाउदैनन्, सरकारले खुला बजार भन्छ । तर यहाँ उही पुरानो व्यावसायी कै दबदबाब कायमै छ । दादागिरी चलिरहेको छ यसलाई क्रमभंग गर्ने काेशिस जारी नभएको हैन भइरहेको नै छ तर सानो तिनाे चाेटले भने त्यसलाई सकिने देखिदैन । अहिले जसरी अरनिको राजमार्गकाे एकाधिकार ताेडिएकाे छ अब सरकारले थानकोटमा भएको समितिकाे दादागिरी र एकाधिकार अन्त्य गर्न सक्यो भने मात्र यस क्षेत्रका जनताले भाडा तिरेर सहज यात्रा गर्न पाउने छन् हैन भने अझै सकस कायमै रहने छ ।
एकपटक देशकाे सरकार मन्त्रीले थानकोट यात्रा गरेर अनुभव गर्नुपर्ने देखिन्छ साच्चै जनताको लागि अहिले सरकारले केही राहत दिनुपर्ने देखिदैन मात्रै पैसा तिरेर पाउने सेवा सुबिधा लिन सक्ने बाताबरण बनाइदिए पुग्छ भनेर भनिरहेका छन् । साझा यातायात संचालन हुनुपर्छ भनेर यस क्षेत्रका जनताको माग नभएको हैन । तर थानकोटका व्यावसायीकाे दादागिरी कै कारणले त्यो संभब नभएको हाे अब भने समस्या छैन । जस्तो लाग्छ किनभने सरकारले यातायात क्षेत्रमा भएको पुरानो सेण्डिकेट भंग गरिसकेको हुदा यस क्षेत्रमा नयाँ नयाँ समितिलाई रूट इजाजत दिएर बस संचालन गराउन अब ढिलाइ गर्न हुदैन भन्ने अाम जनताको माग छ ।
सडक सरकारले बनाउने तर त्यहीँ सडकमा रूट यातायात व्यावसायीले नयाँ दर्ता भएको व्यावसायी लाई बेच्ने जुन गलत काम अहिलेसम्म चलिरहेको थियोे त्यसको अन्त्य घाेषित रूपमा हुनु लाई सकारात्मक कदम माने पनि यसलाई ब्यबहारिक रूपमा लागू गराउन प्रमुख कुरा हाे । अहिले जसरी सरकार कडा रूपमा प्रस्तुत भएको छ साच्चै यसरी नै हरेक क्षेत्रमा भएको गलत क्रियाकलाप लाई अन्त्य गर्दै जान सक्नुपर्छ । अहिले नेपालमा सानो चिया बेच्ने पसले करकाे दायरामा अाएकाे छ तर बर्षमा लाखौं काराेवार गर्ने यातायात व्यावसायीले भने एक पैसा पनि कर नतिरेको कुरा बल्ल सरकारले जानकारी पाएकाे छ जेहाेस अहिले देशमा नयाँ अर्थ मन्त्री अाएपछि देशमा अार्थिक सुधार पनि हुदै जाने लक्षण देखिन थालेको छ । यसलाई सकारात्मक कदम मान्नुपर्छ । अरू देशमा सरकारले यातायात सेवा संचालन गरिरहेकाे कारण त्यहाँ दादागिरी चलेको देखिदैन साझाकाे सेवा यस्तै खालको यातायात सेवामा सरकारले पनि लगानी गरेर पूर्व पश्चिम उत्तर दक्षिण देशको ७ वटै प्रदेशमा यातायात संचालन गर्न जरुरी देखिन्छ । अहिले सरकारले राजधानी भित्रकाे थानकोटसम्मकाे सडकमा जनताले सहजै यातायात चढ्न पाउने बाताबरण बनाई हाल्नुपर्छ ।
तपाईको प्रतिक्रिया