Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

कैलाली – सिवासी अत्तरिया धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको अघिल्लो चरणमा पुगेको छ । धनगढीमा आज भएको दोश्रो खेलमा विराटनगर किंग्स इलावेनलाई ६ विकेटले हराउँदै अत्तरिया समूह चरणमा चौथो भएर अघिल्लो चरणमा पुगेको हो ।

हारपछि कप्तान पारस खड्काले नेतृत्व गरेको विराटनगर किंग्स भने प्रतियोतिगाबाट बाहिरिएको छ । वर्षाका कारण ६ ओभरमा घटाइएको खेलमा जितका लागि पाएको ५६ रनको लक्ष अत्तरियले खेल सकिन २ बल बाँकी छँदा भेट्टायो । मैदान हिलो भएकै कारण आइतबारको पहिलो खेल हुन नसकेपछि काठमाडौं गोल्डेन्स् र महेन्द्रनगर युनाइटेडले अंक बाँडेका थिए ।

यससँगै अंक तालिकाको पहिलो स्थानमा रहेको काठमाडौंको पाँच खेलबाट ९ अंक भएको छ । महेन्द्रनगर ६ अंक सहित तेस्रो स्थानमा रह्यो । अब काठमाडौ‌ंले पहिलो क्वालिफायरमा धनगढी टिम चौरहासँग खेल्ने छ । महेन्द्रनगर र अत्तरियाले इलिमिनेटर राउण्ड खेल्ने छन् ।

तपाईको प्रतिक्रिया