Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

पाँचथर – पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सँस्करण आइतबारदेखि सुरु हुँदैछ । स्थानीय फिदिम माविको खेल मैदानमा हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र मिसन युनाइटेड ताप्लेजुङ खेल्दैछन् ।

दुई ए डिभिजन क्लबसहित आठ टिमको सहभागिता रहेको प्रतियोगितामा जावलाखेल युथ क्लब ललितपुर, विजय युथ क्लब हेटौंडा, मोरङ – ११, सुनसरी – ११, बिर्ता युनाइटेड झापा, रेडहर्ष इलाम, मिसन युनाइटेड ताप्लेजुङ र आयोजक पाँचथर क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले नगद ३ लाख ५ हजार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले १ लाख ५५ हजार पाउने आयोजक पाँचथर क्लबका अध्यक्ष अनुराग मगरले बताउनुभयो  । प्रतियोगिताको फाइनल खेल वैशाख २ गते हुनेछ ।

तपाईको प्रतिक्रिया