Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई ३–२ ले पराजित गरेको छ ।

सिटीको मैदानमा गएराति भएको म्यानचेस्टर डर्बीको पहिलो हाफमा २–० को अग्रता लिएर पनि घरेलु टोली सिटी विजयी हुन सकेन । सिटीका भिन्सेन्ट कोम्पानी र ईके गुन्डोगानले एक–एक गोल गरेपछि पहिलो हाफमा म्यान सिटीले सहज अग्रता लिएको थियो ।

यो खेल जितेको खण्डमा म्यान्चेस्टर सिटी प्रिमियर लिग च्याम्पियन बन्ने अवस्था थियो । तर, दोस्रो हाफमा जोजे मौरिन्होको टोली म्यान्चेस्टर युनाईटेडका पउल पोग्बाले दुई तथा क्रिस स्मलिङले एक गोल गर्दै आफ्नो टोलीलाई विजयीमात्रै गराएनन्, म्यानचेस्टर सिटीको उपाधि खुशीयालीलाई कम्तिमा एक साता पर धकेलिदिए ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा टोटनह्याम हट्सपरले स्टोक सिटीलाई २–१ ले हराउँदा लिभरपुललाई एभर्टनले गोलरहित बराबरीमा रोकेको छ ।

यसैगरी न्युकासल युनाईटेडले लेष्टर सिटीलाई २–१ ले हराउँदा बर्नलेले वाट्फोर्डमाथि २–१ कै जित निकालेको छ ।

गएराति बर्नमाउथ र क्रिष्टल प्यालेसले २–२ गोलको बराबरी खेल्दा ब्राईटन र हडर्सफिल्ड तथा वेष्ट ब्रोम र स्वान्सी सिटीले १–१ गोलको बराबरी खेलेका छन् ।

तपाईको प्रतिक्रिया