Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

धनगढी – धनगढी प्रिमियर लिग डीपीएल  क्रिकेटको आज हुने भनिएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ । गएरातीको वर्षाका कारण मैदानमा पानी जमेपछि महेन्द्रनगर युनाइटेड र सीवाइसी अत्तरियाबीचको खेल रद्ध भएको हाम्रा सहकर्मीले जानकारी दिएका छन् ।

खेल रद्ध भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन् । महेन्द्रनगर युनाईटेड ४ खेलबाट ५ अंक बनाउँदै दोस्रो स्थानमा कायम छ । अत्तरिया ४ खेलबाट ३ अंक बटुल्दै तालिकाको पाँचौ स्थानमा छ । यस्तै आज हुने भनिएको दोस्रो खेल पनि अनिश्चित बनेको छ ।

दोस्रो खेलमा चौथो स्थानमा रहेको टिम चौराहा धनगढी विरुद्ध अकं तालिकाको पुछारमा रहेको रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुने तालिका छ । यसअघि प्रतियोगिताबाट नै बाहिरिसकेको रुपन्देहीका लागि आजको खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।

तपाईको प्रतिक्रिया