Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आज टिम चौराहा धनगढी र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुदैछ । यी दुई टोलीबीचको खेल बिहान १० बजेपछि संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सुरु हुने आयोजकले जनाएको छ ।

यसअघि हिजो भएको खेलमा काठमाडौं गोल्डन्स र टिम चौराहा धनगढी विजयी भएका थिए । राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले एक अर्कासँग खेल्नेछन् ।

शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो र दोस्रो हुने टिमको विजेता क्वालिफायर पुग्नेछन् । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगितामा विभिन्न ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले २५ लाख रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै दोस्रो हुने टिमले १० लाख, तेस्रोले तीन र चौथोले दुई लाख प्राप्त गर्ने छ ।

तपाईको प्रतिक्रिया