Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – रुपन्देहीमा जारी मदन भण्डारी गोल्डकप प्रतियोगितामा उपाधिका लागि मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लब भिड्ने भएका छन् । यी दुई टोलीबीचको खेल बुटवलको रामनगरस्थित फुटबल मैदानमा दिउँसो ३ बजेपछि हुनेछ ।

हिजो भएको खेलमा आयोजक मदनभण्डारी स्पोटर््स एकेडेमीलाई १-० गोलले पाखा लगाउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो । मनाङले भने सुनौलो संगमलाई ५-० ले पराजित गर्दै फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेता टिमले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५५ हजार नगद प्राप्त गर्ने छन् । बिधागत उत्कृष्टता हासिल गर्नेले २० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया