Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – धुर्मुस सुन्तली फाउण्डेसनले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ निर्माण स्थलको खोजी कार्य तीव्र बनाएको छ । फाउण्डेसनको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको साथमा भक्तपुर जिल्लाको चाङ्गुनारायण नगरपालिका वडा ४ स्थित पहेनडोलमा रहेको करिब १ सय २४ रोपनी जग्गा अवलोकन गरेको छ । क्रिकेट प्रेमीहरुको सहयोग प्रतिबद्धता र नेपाल सरकारको पनि सकारात्मक पहलकदमीका कारण आफुहलाई थप उत्साह मिलेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणस्थल छनोटको काम सुरु गरिएको भन्दै उपयुक्त स्थान रहेको खण्डमा फाउण्डेसनलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो । यस्तै, जग्गा अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रिय क्रिकेट मैदान देशको लागि अपरिहार्य रहेको भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उपयुक्त जग्गा छनोट गरेर जतिसक्दो छिटो क्रिकेट मैदान निर्माण गर्नुपर्नेमा उहाँको जोड छ ।

तपाईको प्रतिक्रिया