Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले अंक बाँडेको छ । रियल मड्रिडले भने सहज जित निकालेको छ ।

सेभियाले लिएको दुई गोलको अग्रतामा मेस्सी र स्वारेजले ८० सेकेण्डमा दुई गोल गरेर अपराजित यात्रा कायम राख्न सफल भएपनि जीत निकाल्न भने सकेन ।

सेभियाको मैदानमा भएको खेलमा फ्राङ्को भाज्क्वेज र लुइस मुरियलले गोल गरेका थिए । ला लिगा तालिकामा बार्सिलोनाको ७६ अंक छ भने सेभिया ४६ अंकसहित छैटौं स्थानमा छ ।

उता, रियल मड्रिडले भने लास पाल्मासलाई ३–० ले हरायो । जसमा ग्यारेथ बेलले दुई गोल गरे भने करिम बेन्जेमाले एक गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया