Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – अमित श्रेष्ठले सानदार पारी खेलेपछि रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)-२ मा काठमाडौं गोल्डन्सले घरलु टोली टीम चौराह धनगढीलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा शनिबार धनगढीले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा नटअाउट अमित श्रेष्ठले ८१ रनको पारी खेलेपछि काठमाडौंले ९ बल अगावै ३ विकेट गुमाएर लक्ष्य भेटाएको थियो । ६५ बलको सामना गरेका अमितले ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।  यस्तै उसका नरेश बुढाऐरले २४, जयकिसन कोल्सावालाले १६ रनको पारी खेले ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनायो ।  उसका ओपनर सुनिल धमलाले ५७ बलमा ६८ रनको अर्धशतकीय पारी खेलेका थिए । सो क्रममा उनले ८ चौका र २ छक्का प्रहार गरे। यस्तै, धनगढीका शंकर रानाले ३६ रन जोडे। राजु रिजाल ११ र योगेन्द्रसिंह कार्की ५ रनमा नटआउट रहे ।

धनगढीलाई सो स्कोरमा रोक्न काठमाडौंका सहाब आलमले ह्याट्रिक गरेका थिए। ४ ओभर बलिङ गरेका सहाबले २३ रन खर्चेका थि ए। उनले १८औं ओभरको तेस्रो बलमा सुनिल धमलालाई विकेट किपर जयकिशन कोल्सावालाको हातबाट स्टपिङ गराएका थिए । यस्तै चौथो बलमा सहाबले भर्खरै क्रिजमा आएका धनगढीका कप्तान सोमपाल कामीलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए भने पाँचौ बलमा उनले सोनु तामाङलाई फेरि ज्ञानेन्द्रकै हातबाट क्याच गराएका थिए । काठमाडौंका किशोर महतो, सन्नी पटेल र रासिद खानले पनि समान १ विकेट लिए ।

तपाईको प्रतिक्रिया