Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – चर्चित हास्यकलाकार सीताराम कटेल (धुर्मुस)ले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गर्नुभएको छ । यसअघि चार एकीकृत बस्ती निर्माण गरिसकेको धुर्मुस-सुन्तली फाउन्डेसनले सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गर्नुभएको हो ।

नेपालमा अहिले एउटा पनि अन्तर्राष्ट्रिय स्तरको रंगशाला नभएको अवस्थामा धुर्मुुस सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको उहाँको भनाई छ । फाउन्डेसनको नेतृत्व गरिरहेका हास्य कलाकार दम्पत्ती सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई रङ्गशाला बनाउन दबाब बढेको थियो । फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने खुलाउनुभएको छ ।

उहाँका अनुसार चाँडै रंगशाला निर्माण समिति बन्नेछ र त्यही समितिको रोहबरमा रंगाशाला बन्नेछ । ‘यो अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्रै नभएर राष्ट्रकै अभियान हो,’ धुर्मुसले लेख्नुभएको छ । यो परियोजना सरकारर्लाइ सघाउनका लागि निम्ति भएको भन्दै यसमा नेपाल सरकारले गम्भिरतापूर्वक साथ, सहयोग र समन्वय गर्ने विश्वास धुर्मुसले व्यक्त गर्नुभएको छ ।

https://www.facebook.com/sitaramkattelofficial/posts/2058494730831982

तपाईको प्रतिक्रिया