Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – अखिल नेपाल फुटवल संघ एन्फामा देखिएको विवाद बुझ्न एसियाली फुटवल महासंघ (एएफसी)को उच्चस्तरीय टोली काठमाडौं आएको छ । एन्फाको निर्वाचन रोक्न सर्बोच्च अदालतले दिएको आदेशसँगै बढेको अन्यौलताबारे बुझ्न एएफसीका एसोसिएट निर्देशक रविकुमार नेतृत्वको उच्चस्तरीय टोली काठमाडौं ओर्लिएको एन्फा महासचिव धिरेन्द्र प्रधानले जानकारी दिनुभयो ।

टोलीले पछिल्लो विवाद समाधानका लागी एन्फासँगै सरोकारवाला निकायका पदाधिकारीसँग आजैबाट छलफल थाल्दैछ । एएफसीको टोलीले फिफाको निर्देशन अनुसार नै निर्वाचन प्रक्रियामा जाने की, अर्को बिकल्पमा जाने भन्ने बिषयमा सरोकारवालासंग छलफल गरी निर्णय लिने बताईएको छ । अखिल नेपाल फुटवल संघ एन्फाको निर्वाचन पर्सीका लागी तय गरिएको थियो ।

तर सर्बोच्चको आदेशपछि हिजो सुचना टाँसेर एन्फाले निर्वाचन स्थगीत भएको जानकारी गराएको थियो । निर्धारित मितिमै निर्वाचन होस् भन्ने फिफाको चाहाना भएपनि आन्तरिक विवादमाथी सर्बोच्चले आदेश दिएसँगै फुटवल संघ पनि बिवादमा आएको हो ।

तपाईको प्रतिक्रिया