Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – पूर्व ब्राजिलियन फुटबल स्टार रोमारियो रियो दि जेनेरियो शहरको गभर्नरका लागि चुनाव लड्ने भएका छन् ।

ब्राजिलियन तटीय शहर रियो दि जेनेरियो पछिल्लो समय हिंसा, लागू औषध दुव्र्यसनी र सामाजिक अपराधसँग जुधिरहेको छ ।

सन् २०१६ को ओलम्पिक खेलकुद आयोजनापछि आर्थिक रुपले समेत टाट पल्टिएको शहर अहिले बैंक लिलामीको अवस्थामा पुगिसकेको छ ।

शहरलाई यीनै समस्याबाट मुक्त गराउन आफूले गभर्नर पदमा उम्मेदवारी दिएको रोमारियोले बताएका छन् ।

ब्राजिललाई सन् १९९४ को विश्वकप फुटबलको उपाधि जिताउन सफल फुटबल खेलाडी रोमारियो डि सुजा हाल ब्राजिलको मध्यमार्गी पार्टी पोडेमोसबाट सिनेटर छन् ।

तपाईको प्रतिक्रिया