Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

सुर्खेत  – आउँदो वैशाखमा सुर्खेतमा पहिलो पटक कर्णाली प्रिमियर लिग (केपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । बन्धु विकास सहकारी संस्था सुर्खेतको आयोजनामा वैशाख ४ गतेदेखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

सहकारीका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक रेशम शाहीका अनुसार राष्ट्रिय स्तरको प्रतियोगितामा सात वटै प्रदेशका प्रदेश स्तरीय टिमका साथै तीन वटा विभागीय टिमले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा विजेता हुनेले  नगद ३  लाख रुपैयाँसहित ट्रफि प्राप्त गर्नेछ भने दोस्रो हुनेले १ लाख ५० हजारसहित ट्रफि पाउनेछ । यस्तै, म्यान अफ द सिरिज हुनेले २५ हजार, उत्कृष्ट ब्याट्स्म्यान र उत्कृष्ट बलरले १०/१० हजार रुपैयाँसहित ट्रफि र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार ५ सयसहित ट्रफी पाउने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया