Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराती भएको खेलमा म्यान्चेस्टर युनाईटेडले ब्राईटनलाई २-० ले हरायो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन रोमेलु लुकाकु र नेमान्जा माटिचले एक/एक गोल गरे ।

गएरातिको खेलसँगै म्यान्चेस्टर युनाईटेडले जारी सिजनको एफ.ए कपमा अहिलेसम्म एक गोल पनि नखाएको कीर्तिमान जारी राखेको छ । एफए कप फुटबलकै अर्को खेलमा स्वान्सी सिटीलाई ३-० ले हराउँदै टोटनह्याम हट्सपर पनि सेमिफाइनलमा पुगेको छ ।

खेलमा टोटनह्यामलाई विजयी गराउन क्रिश्चियन एरिक्सनले दुई गोल गर्दा एरिक लामेलाले अर्को एक गोल थपे । एफए कप फुटबलमा क्वाटरफाइनलका बाँकी दुई खेल आज राति हुनेछन् ।

आज राति लेष्टर सिटीले चेल्सीसँग खेल्दा विगान एथ्लेटिक र साउथह्याम्पटन भिड्नेछन् ।

तपाईको प्रतिक्रिया