Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीसँग खेल्दैछ ।
सुपर सिक्समा पर्न नसकेपछि विश्वकप छनोटबाट बाहिरिएको नेपालको बिहीबारको खेल एकदिवसीय मान्यताका लागि हो ।

समूह एको पाँचौं स्थानमा रहेको पीएनजी र समूह बीको चौथो स्थानमा रहेको नेपालबीचको प्लेअफ खेल नेपाली समयअनुसार बिहीबार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । यसअघिका सबै खेल वुलावायोमा खेलेको नेपालले बिहीबार हरारेस्थित हरारे स्पोर्टस क्लबको मैदानमा खेल्नेछ । नेपालका लागि यो मैदान नयाँ हो ।

यस खेलमा नेपाल विजयी भएमा एकदिवसीय मान्यताका लागि नजिक हुनेछ ।

बिहीबारै समूह एमा चौथो भएको नेदरल्याण्ड्स र समूह बीमा पाँचौं भएको हङकङबीच पनि हुने अर्को प्लेअफमा प्रतिस्पर्धा हुनेछ । त्यस खेलमा नेदरल्याण्ड्स विजयी भएमा र नेपालले पीएनजीलाई हराएमा नेपालले एकदिवसीय मान्यता पाउनेछ ।

तर, त्यस खेलमा हङकङ विजयी भएमा नेपालले सातौं स्थानका लागि अर्को खेल खेल्नेछ र आगामी चार वर्षको नेपाली क्रिकेटको भविष्य त्यही खेलले निर्धारण गर्नेछ ।

बिहीबार हुने दुवै प्लेअफमा पराजित हुने टोली डिभिजन टू मा घटुवा हुनेछन् ।

हेट टू हेडमा नेपाल पछाडि

नेपाल र पपुवा न्यूगिनीबीच अहिलेसम्म तीनवटा मात्र एकदिवसीय खेल भएका छन् । जसमा नेपालले एउटा पनि खेल जित्न सकेको छैन ।

नेपाल र पपुवा न्युगिनी पहिलो पटक २००५ मा मलेसियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को छनोट चरणमा भिडेका थिए । जसमा नेपाल ७० रनले पराजित भएको थियो ।

त्यसपछि २०१५ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पिएनजीसँग २ विकेटले पराजित भएको थियो ।

यस्तै त्यसै प्रतियोगिताको दोस्रो खेलमा पनि नेपाल पिएनजीसँग ३ विकेटले पराजित भएको थियो । पीएनजी एकदिवसीय मान्यता पाएको टोली हो ।

पिएनजीविरुद्ध उत्रँदा नेपालले ब्याटिङमै सुधार गर्नुपर्ने देखिन्छ । जिम्बाबेमा यसअघिका चार खेलमा नेपालको ब्याटिङपंक्तिले सन्तोषजनक प्रदर्शन गर्न सकेन । नेपालले समूह चरणमा तीन खेलमा पराजय ब्यहोर्दा मुख्य समस्या ब्याटिङमै देखिएको थियो ।

ब्याटिङमा पनि नेपालको ओपनिङ निकै खराब देखिन्छ । नेपालको ओपनिङ जोडीले पछिल्लो ११ खेलमा सबैभन्दा धेरै साझेदारी गरेको ३८ रनको हो, जुन डिभिजन टू को फाइनलमा युएईविरुद्ध थियो ।

पिएनजीका ओपनर टोनी उरालाई सस्तैमा आउट गर्न सके नेपाली बलरले दबाब दिन सक्नेछन । जारी प्रतियोगितामा उराले स्कटल्याण्ड विरुद्ध १ सय ५१ रनको पारी खेलेका थिए । साथै उनी यस प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका छन । उनले अहिलेसम्म १८८ रन बनाएका छन् ।

नेपालका लागि कप्तान पारस खड्का र युवा लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन निर्णायक हुन सक्छ । कप्तान खड्काले समूह चरणको खेलमा उत्कृष्ट व्याटिङ गरेका थिए । त्यस्तै समूहको अन्तिम खेलमा हङकङलाई हराउँदा सन्दिप लामिछानेले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया