Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  इंग्लिस क्लव म्यान्चेस्टर युनाईटेडलाई हराउँदै स्पेनको सेभिया युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ ।

गएराति आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड २–१ ले पराजित भयो । पहिलो लेगमा गोलरहित बराबरी खेलेको म्यान्चेस्टर युनाईटेड दोस्रो लेगमा पराजित भएसँगै प्रतियोगिताबाटै बाहिरिएको हो ।

खेलमा सेभियालाई विजयी गराउन दुबै गोल बेन एडरले गरे । म्यान्चेस्टर युनाईटेडका रोमेलु लुकाकुले एक गोल फर्काए ।

गएराति भएको अर्को खेलमा युक्रेनको शख्तरलाई हराउँदै ईटालीको एएस रोमा पनि च्याम्पियन्स लिगको क्वाटरफाईनलमा पुगेको छ । आफ्नै मैदानमा भएको दोस्रो लेगको खेलमा रोमालाई विजयी गराउन एडिन जेकोले निर्णायक गोल गरे ।

पहिलो लेगमा २–१ ले हारेको रोमा दोस्रो लेगमा विजयी भएसँगै एग्रिगेटमा खेल २–२ गोलको बराबरीमा पुग्यो । यस्तो अवस्थामा शख्तरको मैदानमा गरेको अवे गोलको मद्दतले रोमा क्वाटरफाईनलमा पुगेको हो ।

च्याम्पियन्स लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । आज स्पेनको बार्सिलोना र इङ्ल्यान्डको चेल्सी भिड्दा टर्कीको बेसिक्तासले जर्मनीको बायर्न म्युनिखसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया