Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – विश्वकप छनोटमा सोमबार हङकङविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकोमा नेपाली ब्याट्सम्यान रोहितकुमार पौडेलले अफगानिस्तानका कप्तानबाट ब्याट उपहार पाएका छन् ।

View image on Twitter
विश्वकप छनोटमा शनिबार अफगानिस्तानले नेपाललाई हराउँदै विश्वकपमा छनोट हुने सपना कायम राखेको थियो । सोमबार नेपालले हङकङलाई हराएर अफगानिस्तानको त्यो सपनालाई जीवितै पारिदिएको हो ।

नेपालले हङकङसँगको खेल जितेकै कारण सुपरसिक्समा पुगेको गुन तिर्न अफगानिस्तानका नियमित कप्तान अस्घर स्टानिकले रोहितकुमार पौडेललाई अाफ्नै ब्याट उपहार दिएका हुन् । चोटका कारण अस्घरले यो विश्वकप छनोट खेल्न पाएनन् । उनको ठाउँमा रसिद खानले कप्तानको जिम्मेवारी निर्वाह गरेका थिए ।

अस्घरबाट ब्याट पाउने पौडेल हङकङसँगको खेलमा म्यान अफ द म्याच भएका थिए । नेपाललाई ५ विकेटले जिताउने क्रममा उनले ८२ बलमा नट आउट ४८ रन बनाए । छैटौं नम्बरमा ब्याटिङमा आएका उनले र सातौं नम्बरका सोमपाल कामीले नट आउट रहँदै ८९ रनको साझेदारी गरेका थिए । कामीले ३७ रन बनाए ।
सोमबार नेपालसँगको खेल जितेको भए हङकङ सुपर सिक्समा पुग्ने थियो र अफगानिस्तानको विश्वकपमा छनोट हुने सम्भावना सकिने थियो ।

अफगानिस्तानले सुपर सिक्स नभई सातौंदेखि दशौं स्थानका लागि प्ले अफ खेल्नु पर्ने थियो । जुन प्ले अफ नेपालसहित हङकङ, पपुवान्युगिनी र नेदरल्याण्ड्सले खेल्दै छन् । समूह बीका अफगानिस्तान, नेपाल र हङकङको समान २ अंक भए पनि रनरेटका आधारमा अफगानिस्तान तेश्रो स्थानमा रहँदै सुपर सिक्समा पुग्यो । नेपाल चौथो र हङकङ पाँचौ भयो ।

विश्वक्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्याण्ड्सले एक दिवसीय मान्यता पाइसकेको छ । प्ले अफ खेल्ने बाँकी ३ टिममध्येको उत्कृष्ट एक टिमले एक दिवसीय मान्यता पाउने छ । एक दिवसीय मान्यता पाउने सम्भावना कायम राख्न नेपालले बिहीबार पपुवान्युगिनीलाई हराउनै पर्छ ।

तपाईको प्रतिक्रिया