Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – नेपालले जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हराएको छ ।

सोमबार भएको खेलमा नेपालले १५४ रनको सामान्य चुनौती ४० ओभर ४ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

छैटौं विकेटका लागि रोहितकुमार पौडेल र सोमपाल कामीबीच अविजित ८९ रनको साझेदारी भएपछि नेपालले सहज विजय हासिल गरेको हो । रोहितले ८६ बलमा ४८ तथा सोमपालले ४० बलमा ३७ रन जोडे ।

पहिलो विकेटका लागि ४१ रनको साझेदारी गर्नेक्रममा अनिलकुमार शाहले २६ र ज्ञानेन्द्र मल्लले १२ रन बनाएका थिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले १२ र कप्तान पारस खड्काले ११ रनको योगदान गरे ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८ ओभर २ बलमा अलआउट हुँदै १५३ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । बसन्त रेग्मी र करण केसीले समान २/२ तथा सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।

यो जितबाट पनि नेपालले विश्वकप छनोटको ‘सुपर सिक्स’मा भने ठाउँ बनाउन सकेन ।

समान २/२ अंक भएपनि अफगानिस्तान राम्रो रनरेटका आधारमा सुपर सिक्समा पुग्यो । त्यस्तै, हङकङ समूह ‘बी’को पुछारमा रह्यो ।

नेपालले यसअघि सुरुआती तीन खेलमा जिम्बाब्वे, स्कटल्यान्ड र अफगानिस्तानसँग पराजय व्यहोरेको थियो ।

तपाईको प्रतिक्रिया