Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – जिम्बाव्बेमा जारी आइसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले १५४ रनको विजय लक्ष्य पाएको छ । जिम्बाव्बेको बुलाबायोस्थित एथ्लेटिक मैदानमा टस जितेर व्याटिङ रोजेको हङकङले ४८.२ ओभरमा सबै विकेट गुमाएर १५३ बनायो ।

हङकङका लागि निजाकत खानले ४७ रन बनाए । ८४ बल खेलेर ४ चौका र १ छक्का प्रहार गरेका उनलाई ललित राजवंशीको बलमा पारस खड्काले क्याच आउट गरे। इसान खान २१, बाबर हयात २०, इसान नवाज १३, तनवीर अफल १०, क्रिस्टोफर कार्टरले ९ रन बनाए ।

नेपालका सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए । करण केसी र बसन्त रेग्मीले समान २ विकेट लिए। सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए ।

तपाईको प्रतिक्रिया