Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी भएका छन् ।

तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले लिभरपुललाई २-१ ले हराएको हो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन दुबै गोल मार्कस रास्फोर्डले गरे । म्यान्चेस्टरकै एरिक बेलीलीे एक आत्माघाती गोल गरेपछि लिभरपुलले हार अन्तर कम गर्‍यो ।

इङ्लिस प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २-१ ले हरायो । चेल्सीका लागि विलियनले एक गोल गर्दा क्रिष्टल प्यालेसका मार्टिन केलीले एक आत्माघाती गोल गरे ।

प्रिमियर लिगकै अन्य खेलमा एभर्टनले ब्राईटनलाई २-० ले हराउँदा न्युकासल युनाईटेडले साउथह्याम्पटनलाई ३-० ले, लेष्टर सिटीले वेष्ट ब्रोमलाई ४-१ ले तथा बर्न्लेले वेष्ट ह्याम युनाईटेडलाई ३-० ले हराएको छ ।

हडर्सफिल्ड टाउन र स्वान्सी सिटीले गोलरहित बराबरी खेलेका छन् ।

इङ्लिस प्रिमियर लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज आर्सनलले वाट्फोर्डसँग खेल्दा बर्नमाउथ र टोटनह्याम हट्सपर भिड्नेछन् ।

तपाईको प्रतिक्रिया