Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – म्यान्चेस्टर सिटी र युभेन्टस युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको प्रि क्वाटरफाइनल दोस्रो लेगको खेलमा स्विट्जरल्याण्डको एफ.सी बाजलसँग २-१ ले पराजित भए पनि पहिलो लेगमा हात पारेको जितको मद्दतले म्यान्चेस्टर सिटी अन्तिम ८ मा पुगेको हो ।

पहिलो लेगमा ४-० ले विजयी भएको म्यान्चेस्टर सिटी समग्रमा ५-२ को परिणामका साथ अर्को चरणमा पुगेको हो । गएराति भएको अर्को खेलमा इङ्लिस क्लब टोटनह्याम हट्सपरलाई २-१ ले हराउँदै ईटालीको युभेन्टस पनि क्वाटरफाइनलमा पुगेको छ ।

पहिलो लेगमा २-२ गोलको बराबरी खेलेका यी दुई टोलीबीचको दोस्रो लेगको खेलपछि समग्रमा युभेन्टस ४-३ ले विजयी भयो ।

गएराति टोटनह्यामलाई उसैको मैदानमा पराजित गर्न युभेन्टसका गोन्जालो हिगुवान र पाउलो डिबालाले एक–एक गोल गरे । खेलको पहिलो गोल भने टोटनह्यामका हिउङ मिन सनले गरेका थिए ।

गएरातिका खेलपछि च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल पुग्ने ८ टोलीको टुंगो लागेको छ ।

साविक विजेता रियाल मड्रिडसँगै इङ्ल्यान्डका म्यान्चेस्टर सिटी र लिभरपूल तथा ईटालीको युभेन्टस्ले अन्तिमा आठमा ठाउँ पक्का गरेका छन् । क्वाटरफाइनल पुग्ने बाँकी ४ टोलीको टुंगो अर्को हप्ता लाग्नेछ ।

तपाईको प्रतिक्रिया