Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

रुपन्देही  – २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि बुटवलमा सुरु हुँदैछ ।

एन्फा टेक्नीकल सेन्टर देबिनगर बुटवलमा दिउँसो साढे ३ बजे प्रतियोगिता सुरु हुन लागेको हो । उद्घाटन खेलमा लाली रुपन्देही ११ र सुदूरपश्चिम फुटबल क्बलका बीचमा प्रतिश्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपालका विभागिय ३ टोलीसहित ‘ए’ डिभिजनका चर्चित १० टिमले सहभागिता जनाउदैछन् ।

गोल्डकपको विजेताले नगद ७ लाख ७७ हजार ७ सय ७७ र उप–विजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछन ।

प्रतियोगिता चैत्र ३ गते सकिने आयोजक रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया