Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भीएआर अर्थात भिडियो असिस्टेन्ट रेफ्री प्रविधि प्रयोग गर्ने भएको छ ।

स्वीट्जरल्याण्डको ज्यूरिकमा भएको फिफाको बैठकले भीएआर प्रविधि प्रयोग गर्ने निर्णय सर्वसम्मतीले पारित गरेको हो । हाल इटली र जर्मनीमा पनि यो प्रविधिको प्रयोग भइरहेको छ भने केही घरेलु इंग्लिश फुटबल प्रतियोगितामा भीएआर प्रविधिको परीक्षण गरिसकिएको छ ।

आगामी जुन–जुलाईमा रुसमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगितामा यो प्रविधि प्रयोग गर्ने/नगर्ने बारे यही मार्च १६ मा बस्ने बैठकले निर्णय गर्ने फिफा प्रमुख ज्यानी इन्फन्टिनोलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

यो प्रविधिमार्फत गोल भए/नभएको, पेनाल्टी दिने/नदिने, खेलाडीलाई रातो वा पहेँलो कार्ड दिने भन्नेबारे भिडियो हेरेर निर्णय लिइने बताइएको छ । मैदानमा हुने त्रुटी तथा विवाद समाधानमा यो प्रविधि सहयोगी हुने अपेक्षा गरिएको छ । सन् २०१६ को डिसेम्बरमा पहिलोपटक यो प्रविधिको प्रयोग गरिएको थियो ।

तपाईको प्रतिक्रिया