Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं– विश्वकप क्रिकेट छनोट  अघिको अभ्यास खेलमा नेपाल आज हङकङसँग खेल्दैछ ।

जिम्बाबेमा हुने अभ्यास खेल नेपाली समय अनुसार दिउसो सवा १ बजे सुरु हुनेछ । पहिलो अभ्यास खेलमा नेपालले युएइलाई ५ विकेटले पराजित गरेको थियो ।
जिम्बाबेमा २० गतेदेखि हुने विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी छन । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउनेछन ।

नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समूह ‘बी’ मा छ ।

नेपालले पहिलो खेल २० गते घरेलु टोली जिम्बाबेसँग, दोस्रो खेल २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र  लिग चरणको अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया