काभ्रे – पुल निर्माणका क्रममा अप्टिकल फाइबर चुँडिएपछि भक्तपुरसहित ५ जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ ।
विहान सवा दश बजेदेखि टेलिकमले प्रदान गरेको सबै सेवा अवरुद्ध भएपछि सेवाग्राहीमारमा परेका छन् । भक्तपुरको राधेराधेमा पुल निमार्णका क्रममा अप्टिकल फाइबर चुडिएपछि भक्तपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा टेलिकमले दिएको सेवा अवरुद्ध भएको हो । ल्याण्डलाइन र मोवाइल सेवा बन्द भएको छ ।
नेपाल टेलिकमको अप्टिकल तार भक्तपुरको राधेराधेमा पुल बनाउने क्रममा चुडिएकाले भक्तपुर सहित पूर्वका ५ जिल्लाको मोवाइल फोन अवरुद्ध भएको नेपाल टेलिकम शाखा बनेपाका प्रमुख सुरेन्द्रप्रसाद शाहले बताउनुभयो । शाहका अनुसार साँझसम्म सबै नेटर्वकको समस्या हल हुनेछ ।