Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

कैलाली – धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । एपीएफले फाइनलमा पूर्वाञ्चललाइ ७ विकेटले पराजित गर्यो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउदै मात्र ६० रन बनायो ।उसका लागि काजल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो अंक छुन सकेनन् । एपिएफका लागि कसिलो बलिङ गरेका रेखा रावल , करुणा भन्डारी, सीता राना मगर, रितु कनोजीया र अन्जली चन्दले १-१ विकेट लिए ।

जवाफमा ६१ रनको लक्ष्य एपीएफले १६ ओभर तीन वलमा तीन विकेट गुमाउदै पुरा गर्यो । एपीएफको जीतमा ज्योती पाण्डेले २२, सरिता मगरले अविजीत १५ रनको योगदान दिए । पूर्वाञ्चलका संगता राइ र शान्ति चौधरीले एक-एक विकेट लिए पनि जीतका लागि पार्याप्त भएन् । विजेता एपीएफले पाँच र उपविजेता पूर्वाञ्चलले दुई लाख पुरस्कार प्राप्त गरे । व्यक्तिगत विधातर्फ पूर्वाञ्चलका खेलाडीको वर्चश्व रह्यो ।

पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्री प्रतियोगिताको उत्कृष्ट वलरसहित प्लेयर अफ द सिरिज घोषित भइन् । उत्कृष्ट ब्याट्स वुमन पनि पूर्वाञ्चलकै काजल श्रेष्ठ बनिन् । सुदूरपश्चिमाञ्चलकी लक्ष्मी साउद उदियमान खेलाडी बन्दा फेयर प्ले टिम पनि सुदूरपश्चिमाञ्चल नै चुनियो ।

तपाईको प्रतिक्रिया