Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं  – विराट कोहलीको शतकीय पारीका साथ शुक्रबार सेन्चुरियनमा भएको छैटौँ अर्थात अन्तिम वान डे खेलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध ८ विकेटको सहज जित हात पारेकाे छ ।

भारतीय कप्तान विराट कोहली दक्षिण अफ्रिकी बलरलाई दवावमा राख्दै श्रृङ्खलामै तेस्रो शतक बनाए । विराटले ९६ बलमा १९ चौका र दुई छक्कासहित १२९ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाले दिएको २०५ रनको विजयी लक्ष्य भारतले केबल दुई विकेट गुमाएर ३२ ओभर १ बलमै हासिल गर्यो । विराटसँगै अजिंक्य रहाणे ३४ रन बनाउँदै नटआउट रहे । आजको इनिंग्समा विराट द्विपक्षीय श्रृङ्खलामा सबैभन्दा बढी रन बनाउने अष्ट्रेलियाका जर्ज बेली (४७८ रन) लाई पनि पछाडि छोडे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिका ४६ ओभर ५ बलमा आफ्ना सबै विकेट गुमाउँदै २०४ रन मात्र जोड्न सफल रह्यो ।

मध्यम स्तरको विजयी लक्ष्य भारतीय टिमले सहजै हासिल गर्दै ६ एक दिवसीय श्रृङ्खलामा ५–१ को जित हात पार्यो । श्रृङ्खलामा गरेको उत्कृष्ट प्रदर्शनले विराट कोहली म्यान अफ् द सिरीज पनि बन्न सफल भए ।

भारतीय पारी

सेन्चुरियनमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले भारतलाई २०४ रनको लक्ष्या दिएको थियो । दक्षिण अफ्रिका लागि पहिलो ओभर मोर्ने मर्केल बलिङ गर्न आए । मर्केलको पहिलो ओभरमा रोहित शर्माको २ चौकासहित ९ रन बन्यो । तेस्रो ओभरमा फेरि रोहितले चौका हाने तर उनी लामो समय क्रिजमा टिक्न सकेनन् । तेस्रो ओभरको ४ बलमा भारतले रोहित शर्मालाई गुमाउन पुग्यो । रोहित १३ बलमा ३ चौकासहित १५ रन बनाएर आउट भए । उनलाई लुंगी एनगिडीको बलमा विकेटकिपर क्लासेनले क्याचआउट गराए । छैटौँ ओभरमा एनगिडीको बलमा चौका प्रहार गर्दै विराटले खाता खोलेका थिए । सातौँ ओभरमा विराटले मर्केलको बलमा पनि दुई चौका प्रहार गरे । ७ ओभर ५ बलमा नै भारतीय टिमले ५० रन पुर्‍याएको थियो ।

शिखर धवन र विराट कोहलीले ४१ बलमा ५० रनको साझेदारी बनाए । एनगिडीले धवनलाई ३४ बलमा दुई चौकासहित १८ रन बनाएको अवस्थामा जोन्डोको हातबाट क्याचआउट गराउँदै दक्षिण अफ्रिकालाई दोस्रो सफलता दिलाए ।

विराट कोहलीले क्रिस मरिसको बलमा चौका हान्दै आफ्नो ४७ औँ अर्धशतक पूरा गरे । ३६ बलमा ९ चौकासहित विराटले ५० रन बनाएका थिए । विराटले कुनै पनि द्विपक्षीय श्रृङ्खलामा धेरै रन बनाउने कप्तानमा रहेको जर्ज बेलीको रकर्ड तोडे । बेलीले भारतविरुद्ध २०१३–१४ मा भएको भारतविरुद्धको श्रृङ्खलामा ४७८ रन बनाएका थिए । शुक्रबार ७१ रन बनाउँदा नै द्विपक्षीय श्रृङ्खलामा ५०० रन बनाउने पहिलो भारतीय कप्तान बने विराट ।

कोहलीले इमरान ताहिरको बलमा चौका प्रहार गर्दै आफ्नो शतक पूरा गरे । ३० ओभरमा टिम इन्डिया दुई विकेटको क्षतिमा १८० रन बनाएको थियो । विराट ९६ बलमा १९ चौका र दुई छक्कासहित १२९ रन र रहाणे ५० बलमा तीन चौकासहित ३४ रनमा नटआउट रहँदै भारतलाई सहज जित दिलाए ।

विकेट पतन : १९–१ (रोहित, ३.४), ८०–२ (धवन, १२.४)

शार्दुलले लिए ४ विकेट, दक्षिण अफ्रिका २०४ रनमा अलआउट

टस जितेर भारतले दक्षिण अफ्रिकालाई ब्याटिङको निम्तो दिएको थियो । भारतको लागि ओपनिङ बलिङ शार्दुल ठाकुरले गरे । त्यस्तै जसप्रीत बुमराह पनि सँगै बलिङका लागि आए ।  पाँच ओभरमा दक्षिण अफ्रिकाको स्कोर १८ रन थियो । सातौँ ओभरमा शार्दुलले टिमलाई पहिलो सफलता दिलाउँदै हाशिम अमलालाई विकेटकिपर महेन्द्रसिंह धोनीबाट क्याचआउट गराए । अमला १९ बलमा दुई चौकासहित १० रन बनाउँदै पेभेलियन फर्के ।

शार्दुलले १०औँ ओभरमा आडम मार्करामलाई ३० बलमा एक छक्का र तीन चौकासहित २४ रन बनाएको अवस्थामा श्रेयस अय्यरको हातबाट क्याचआउट गराउँदै पेभेलियन फकाईदिए । दश ओभरको समाप्तिमा दक्षिण अफ्रिका दुई विकेटको क्षतिमा ४४ रनको अवस्थामा थियो । १५ ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले दुई विकेट गुमाएर ५९ रन बनाएको अवस्थामा थियो । १८ औँ ओभर भारतका लागि महंगो शावित भयो । यस ओभरमा कुलदीप यादवको बलमा एबी डिभिलियर्सले लगातार तीन चौका प्रहार गरे । यस ओभरबाट मात्रै दक्षिण अफ्रिकाले १६ रन बटुल्यो ।

१९औँ ओभरमा जोन्डोलाई युजवेन्द्र चहलको बलमा अम्पायरले एलबीडब्ल्यू दिए पनि टिभी अम्पायरले नतिजा उल्ट्याइदिए । जोन्डोले यो ओभरमा दुई छक्का पनि प्रहार गरे । डिभिलियर्स र जोन्डो मिलेर टिमको स्कोर एक सय पुर्‍याए ।

२१ औँ ओभरमा युजवेन्द्र चहलले डिभिलियर्सलाई आउट गराउँदै भारतलाई तेस्रो सफलता दिलाए । डिभिलियर्स ३४ बलमा ४ चौकासहित ३० रन बनाउँदै आउट भए र २५ ओभरको समाप्तिमा दक्षिण अफ्रिकाको स्कोर ३ विकेटको क्षतिमा ११६ रन थियो ।

डिभिलियर्स आउट भएसँगै दक्षिण अफ्रिकाको रनरेट कम हुन थाल्यो । बुमराहले हेनरिक क्लासेनलाई ४० बलमा ३ चौकासहित २२ रन बनाएको अवस्थामा कप्तान विराटको हातबाट क्याचआउट गराए । क्लासेनको ठाउँका ब्याटिङ गर्न आएका फरहान बेहरदीन १ रनमै पेभेलियन फर्किए । उनलाई शार्दुलले बुमराहको हातबाट क्याचआउट गराएका थिए । १३६ रनमा दक्षिण अफ्रिको आधा टिम पेभेलियन फर्किइसकेको थियो । त्यसपछि क्रिस मरिसलाई पनि ४ रनमै गुमायो । उनलाई कुलदीपको बलमा धनले आउट गरे ।

त्यस्तै जोन्डो ५४ रन, मर्केल २० रन, इमरान ताहिर २ रन र अन्तिम विकेटका रुपमा फेलुकवायो ३४ रनमा आउट भए । भारतका लागि शार्दुलले ५२ रन दिँदै ४ विकेट लिए भने, बुमराह र चहलले दुई–दुई विकेट लिए ।

विकेट पतन : २३–१ (अमला, ६.३), ४३–२ (मार्कराम, ९.५), १०५–३(डिभिलियर्स, २०.५), १३५–४ (क्लासेन, ३०.३), १३६–५ (बेहरदीन, ३१.२), १४२–६ (मरिस, ३३.२), १५१–७ (जोन्डो, ३६.६), १८७–८ (मर्केल, ४३.४), १९२–९ (ताहिर, ४५.४),२०४–१० (फेलुकवायो, ४६.५)

भारतीय टिमले वान डे श्रृङ्खलासँगै टी ट्वेन्टी श्रृङ्खला पनि जित्ने लक्ष्य लिएको छ । शुक्रबारको खेलमा आफ्नो प्रमुख बलर भुवनेश्वर कुमारलाई आरम दिँदै उनको स्थानमा शार्दुल ठाकुरलाई प्लेइङ ११ मा राखिएको थियो । शार्दुलले दक्षिण अफ्रिकी ब्याट्सम्यानलाई लगातार दवावमा राखे ।

तपाईको प्रतिक्रिया