Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

रुपन्देही – बुटवलमा २० औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक रुपन्देही जिल्ला फुटबल संघले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै फागुन २४ देखि चैत्र ३ गतेसम्म २० औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।

नेपाल, भारत र भुटानका गरी ३ नेपाली विभागीय टोलीसहित १६ टिमको प्रयोगितामा सहभागिता रहने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसी (कुमार) ले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ नगद प्राप्त गर्नेछ । उपविजेताले ४ लाख ४४ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडिलाई मोटरसाइकल प्रदान गरिने छ भने विधागत रुपमा उत्कृष्टहरुलाई २१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । ८३ लाख खर्च अनुमान गरिएको गोल्डकपका लागि बुटवल उपमहानगरपालिकाले १० रुपमा बजेट विनियोजन गरेको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षण गर्ने गरी २०३१ सालमा स्थापना गरिएको भए पनि २०३३ सालदेखि सुरु भएको तिलोत्तमा गोल्डकप फुटबलको १९ औ संस्करणको उपाधि सीएमसी संकटाले हात पारेको थियो ।

तपाईको प्रतिक्रिया