Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं  – विश्वकप छनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने भएकाे छ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्न नामिबिया गएको नेपाली क्रिकेट टोली शनिबार साझ ७ बजेर ५५ जाँदा त्रिभुवन विमानस्थल ओर्लने जनाइएकाे छ ।

विश्व क्रिकेट लिगमा नेपालले खेलेका मध्ये लिग चरणमा एक खेलमा मात्र हारेको नेपाल ८ अंक सहित शीर्ष स्थानमा रहँदै विश्कप छनाेट खेलका लागि स्थान पक्का बनाएकाे थियो ।

प्रतियाेगिताकाे पहिलाे खेलमा नामिबियालार्इ १ विकेटले हराएकाे नेपाल दास्राे खेलमा अाेमानसँग ६ विकेटले हारेकाे थियाे । अाफ्नाे तेस्राे खेलमा युएर्इलार्इ हराएकाे नेपाल केन्यासँगकाे चाैथाे खेलमा पनि विजयी भएकाे थियाे ।

लिग चरणकाे अन्तिम खेलमा क्यानडालार्इ नाट्किय रुपमा १ विकेटले हराएकाे नेपाल प्रतियाेगिताकाे शीर्ष स्थानमा रहँदै विश्कप छनाेट खेलका लागि छानिएकाे थियाे । बिहीबार भएकाे फाइनल खेलमा भने नेपाल युएर्इसँग हारेकाे थियाे ।

फाइनलमा हारेपनि प्रतियाेगिताकाे उत्कृष्ट खेलाडी नेपालका सन्दीप लामिछाे भएका थिए भने धेरै रन बनाउने खेलाडी नेपालका पारस खडका भएका थिए ।

तपाईको प्रतिक्रिया