Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं –  युरोपा लिग फुटबलमा गएराति आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी भएका छन् ।

राउण्ड अफ ३२ अन्तर्गत पहिलो लेगको खेलमा इंग्लिश क्लव आर्सनलले स्विडेनको ओएफकेलाई ३–० ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले ईटालीको एटालान्टालाई ३–२ ले पराजित गर्‍यो ।

पहिलो लेगकै अर्को खेलमा ईटालीको एसी मिलानले बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३–० ले तथा पोर्चुगलको स्पोर्टिङ्ले काजखस्तानको एफसी अस्टानालाई ३–१ ले हरायो ।

यसैगरी स्पेनिस क्लवहरु एथ्लेटिको मड्रिडले डेनमार्कको एफसी कोपनहेगनलाई ४–१ ले हराउँदा एथ्लेटिक बिल्बाओले रुसको स्पार्टा मस्कोलाई ३–१ ले पाखा लगायो । फ्रेन्च क्लवहरु मार्सेले पोर्चुगलको ब्रागालाई ३–० ले तथा लियोंले स्पेनको भियारियाललाई ३–१ ले पराजित गरे ।

युरोपा लिगकै अन्य खेलहरुमा स्कटल्याण्डको सेल्टिकले रुसको जेनिथलाई १–० ले, जर्मनीको आरबी लेप्जीगले ईटालीको नापोलीलाई ३–१ ले तथा रोमानियाको स्टावा बुकारेष्टले ईटालीको लाजियोलाई १–० ले पराजित गरे ।

तपाईको प्रतिक्रिया