Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – आइसीसी डिभिजन टूको फाइनलमा २७८ रनको विजयी लक्ष्य पाएको नेपाल युएईसँग ७ रनले पराजित भएको छ । २७८ रनको विजयी  लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७० रन मात्र बनाउन सक्यो ।

कप्तान पारस खड्काकाे शतकप्रेरित खेलका बाबजूद नेपाल उपाधि चुम्नबाट भने चुक्याे । पारसले १०३ बलमा ८ छक्का र ३ चाैकासहित नेपालका लागि सर्वाधिक ११२ रनकाे याेगदान दिए ।

अाठाैँ विकेटका रुपमा नेपालले साेमपाल कामीलाई गुमाएकाे थियाे । उनी ४ बलमा ६ रन मात्रै जाेडेर अाउट भए ।

नेपालले सातौँ विकेटका रुपमा करण केसीलाई व्यक्तिगत २ रन बनाएको अवस्थामा गुमाएको थियाे । करणले बुधबार नेपाललाई अविश्वशनीय जित दिलाएका थिए । मात्र २ बल सामना गरेका केसीलाई अमिर हायातले पेभेलियन फकाईदिए ।

त्यस्तै छैटौँ विकेटका रुपमा नेपालले रोहित पौडेललाई गुमाएको थियो । उनले २३ रन बनाएका थिए । नेपालको पाँचौ विकेटका रुपमा ११ बलमा ७ रन बनाएका आरिफ शेखलाई इमरान हैदरको बलमा अहमद राजाले क्याचआउट गरे ।

नेपालले चौथो विकेटका रुपमा शरद भेषावकर(३०) लाई गुमाएको थियाे  । उनले ३७ बलमा ३ चौकासहित ३० रन जोडेका थिए । उनलाई अमिर हायातको बलिङमा इमरान हैदरले क्याचआउट गराए ।

त्यस्तै तेस्रो विकेटका रुपमा नेपालले दिपेन्द्रसिह ऐरीलाई गुमाएको थियाे । ऐरीले ६६ बलमा २ छक्कासहित ३५ रन बनाएर आउट भए ।ओपनर दिलिप नाथलाई गुमाएको केही बेरमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई पनि गुमाएको थियो ।

मल्ल २४ रन बनाएर आउट भएका हुन् । उनलाई अमिर हायातको बलमा अस्फाक अहम्मदले क्याचआउट गरेका हुन् । नेपालका ओपनिङ ब्याट्सम्यान दिलिप नाथ २९ बलमा २ चौकासहित १३ रन बनाएर आउट भएका हुन् । उनलाई रोहन मुस्तफाले आउट गरेका हुन् ।

युएईका लागि अमिर हायातले ४, इमरान हैदरले २ तथा अहमद राजा र राेहन मुस्तफाले १-१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको युएईले नेपाललाई २ सय ७८ रनको लक्ष्य दिएको थियो ।

युएइका लागि अस्फाक अहमदले सर्वाधिक १ सय १४ रन बनाएर आउट भए भने गुलाम साबेर १८ रन, रोहन मुस्ताफा ५१ रन, साहिकर अनवारले ४० रन बनाएर आउट भए । रामिद साहज ४१ रनमा नटआउट रहँदा मोहम्मद उस्मान २ रनमा नटआउट रहे ।

नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले १र १ विकेट लिए । युएइका एकजना ब्याटम्यान रन आउट भए ।

तपाईको प्रतिक्रिया